Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मनाङमा भुइँ बारुला खाँदा छ जना बिरामी

मनाङ – मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा छ जना बिरामी परेका छन् । मङ्गलवार दिउँसो चामे गाउँपालिका–३ कोतोमा काम गर्ने छ जना मजदुर सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन्।

बिरामी पर्नेमा गोरखाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोरखाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोरखाका वनबहादुर आले रहेका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार उनीहरुकाे लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

‘सिङ्गुस खाएर मङ्गलवार रातिदेखि मुटु, छाती र जिउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारका लागि लमजुङ अस्पताल पठाइएको छ’, प्रनाउ भण्डारीले भन्नुभयो । सिङ्गुस खाएर ३५ देखि ४८ उमेर समूहको रहेका उहाँले बताउनुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com