Yeti Khabar

२०८२ असार ९, सोमबार - Mon Jun, 2025 -

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

FacebookTwitterViberEmailPrintFriendlyShare

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–११ कुसा टाउमा करेन्ट लागेर दश खच्चर मरेका छन् ।

जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको हो ।

प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत‍्को अर्थिङ सुरक्षित नबनाउँदा हिजो दिउँसो खच्चरलाई करेन्ट लागेको खच्चड धनी छायाँनाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गर्नुभयो । उहाँले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गर्नुभएको छ ।

विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ सास्ती भोग्नुपरेको स्थानीयवासीको भनाइ छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com