Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

नेकपा एमालेले संसद् आज पनि चल्न नदिने

साउन,१६काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि हिजो सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो। बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। एमाले सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने बताए।

‘उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार छैन,’ बर्तौलाले भने, ‘समिति बनाएर छानबिन प्रक्रिया सुरू नगर्दासम्म संसद् चल्न सक्दैन।’
संसद्को अवरोध खुलाउने विषयमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे भएको छलफलमा प्रचण्ड छानबिन समिति बनाउन सकारात्मक रहेको एमाले नेताहरूले बताएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com