Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

३० फागुन, काठमाडौं । आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङ सौडियार घर भई काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन रहेका छन् । महेशलाई काठमाडौंबाट र राजेन्द्रलाई दाङबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

उनीहरूले गत बुधबार राति साढे ८ बजेतिर चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षीय व्यवसायी तथा भारतीय नागरिक अमोल भोस्लेलाई लुटपाट गरेको प्रहरीले जनाएको हो ।
मैनालीकाअनुसार पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन बोकेर घर जाँदै गरेका भोस्लेको आँखामा खुर्सानी छर्केर उनीहरूले लुटपाट गरेका थिए ।

उनीहरूको साथबाट एक लाख ६६ हजार नगद, दुईवटा मोटरसाइकल, २६१ ग्राम सुन र तरबार तथा खुँडालगायतका सामग्रीसमेत बरामद गरिएको प्रहरीले जानकारी गराएको हो

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com