Yeti Khabar

२०८२ जेष्ठ ९, शुक्रबार - Fri May, 2025 -

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलन र राजस्व चुहावटमा मुद्दा दायर

रुपन्देही – राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।

कपिलवस्तुमा विदेशी मुद्रा अपचलन गरेको आरोपमा चार जनालाई र रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–७ मा भान्जा स्टोर्स एण्ड हाउसका सञ्चालक बरकत अलि मियाँविरुद्ध राजस्व चुहावटसम्बन्धी कसूरमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिनुभयो ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमिहाका राजेशकुमार वर्मा, राकेशकुमार वर्मा, जङ्गबहादुर वर्मा (सोनार), मायादेवी गाउँपालिकाका–१ इमिलियाका हमीद मुसलमानबाट बरामद भएको भारतीय मुद्रा २१ लाख  ३८ हजार रुपैयाँ नेपालसम्म ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरिएको जनाइएको छ ।

उनीहरुविरुद्ध विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान  गरी कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको अधिकृत घिमिरेले जानकारी दिनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com