Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

चन्द्रागिरि नगरपालिकामा फोहोर ६ वटा झोलामा राख्नुपर्ने

साउन, ३ काठमाडौं । चन्द्रागिरि नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, शून्य फोहोर अवधारण साकार पार्नका लागि फोहोर वर्गीकरण गरी घरमा संकलन गर्न अनुरोध गरिन्छ। वर्गीकरण अनुसारको फोहोर संकलन हुने दिनमा मात्र सो फोहोर उपलब्ध गराउन अनुरोध गरिन्छ।

यस्तै पालिकाले फोहोर संकलनवापत नगरपालिकाको आर्थिक ऐनअनुसार तोकिएको दरमा शुल्क बुझाउन पनि भनेको छ।
यस्तो वर्गीकरण अभियान साउन ४ गते बुधबारदेखि नै सुरू हुनेछ। त्यस्तै आगामी भदौ १ गतेदेखि यसरी फोहोर वर्गीकरण नगर्ने परिवारलाई जरिवाना हुने पनि नगरपालिकाले बताएको छ।

नगरपालिकाले उपलब्ध गराएको फोहोर वर्गीकरण तरिका र झोलाको रङ यस्तो छ(

कालो झोला- कुहिने फोहोर

रातो झोला- सिसा र सिसाजन्य फोहोर

हरियो झोला- प्लास्टिकजन्य फोहोर

सेतो झोला- कागजजन्य फोहोर

नीलो झोला- फलाम लगायत कवाडीजन्य फोहोर

पहेँलो झोला- स्यानिटरी प्याड, डाइपर लगायत फोहोर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com