५०० रुपैयाँले बढ्यो सुनको मूल्य

बैशाख, २२ काठमाडौं । आज साताको दोस्रो दिन सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।
यसअघि सोही परिमाणको सुन एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार आज एक तोला चाँदी यसअघिकै मूल्य एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुँदैछ।