Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

देउवा र भारतीय सेनाध्यक्ष बिच भेटघाट बार्ता

भदौ,२१ काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा आइतबार काठमाडौं आएका पाण्डेले दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् ।

पाण्डे देउवालाई भेट्न प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेका थिए। सेनाध्यक्ष पाण्डेले आजै बिहान माउण्टेन फ्लाइट गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल गरेका थिए । भ्रमणकै क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका थिए।

साथै सेनाध्यक्ष पाण्डे भोलि बुधबार मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरी सोही दिन पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com