Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मोटरसाइकल अनियन्त्रित हुँदा एक युवकको मृत्यु

जेठ, २३ काठमाडौं । मोटरसाइकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा परेर मोरङको रतुवामाईमा एक युवकको मृत्यु भएको छ।
रतुवामाई १ मा पर्ने आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षका राजकुमार शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोरङ सुनवर्षी ९ का शर्मा भारत अररियाका किसनकुमार कामतलाई मोटरसाइकलमा राखेर उत्तरबाट दक्षिणतर्फ जाँदै थिए।
तीव्र गतिमा रहेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
गम्भीर घाइते शर्मालाई उपचारका लागि रङ्गेली अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com