पेट्रोलको मूल्य घट्यो
चैत्र,२१ काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
हिजो नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य लिटरमा ३ रूपैयाँ घटेको हो।
यसअघि प्रतिलिटर १७८ रूपैयाँ रहेको पेट्रोलको मूल्य १७५ रूपैयाँ पुगेको छ।
यस्तै डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रूपैयाँ घटेको छ।