Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

शैक्षिक कन्सल्टेन्सीका सेयरधनी नै ठगिएपछि

कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन। तर काठमाडौंको एक कन्सल्टेन्सीका सेयरधनी नै ठगिएका छन्।

काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तपुरका ७२ वर्षीय केशवप्रसाद अधिकारीले तीन करोड ५० लाख रूपैयाँ ठगी गरेको उजुरी परेपछि अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

अधिकारीले सो प्रालिको सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मञ्जुरीनामा दिइसकेका अवस्थामा पटकपटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी प्रकाश पाण्डेलाई बेचेको पाइएको छ।

अधिकारीले हाल उक्त कन्सल्टेन्सी शैक्षिक परामर्श संघ ९इक्यान० का अध्यक्ष प्रकाश पाण्डेलाई बिक्री गरिसकेका छन्। अध्यक्ष पाण्डेले आफूले कम्पनी रजिष्ट्रारको कार्यालय र कानुनी अवस्था बुझेर अधिकारीसँग कम्पनी लिएको र तामाङले त्यसअघि किन्न रकम दिएको भन्ने हाल मात्रै थाहा पाएको बताए।

अधिकारीमाथि अन्य कीर्ते र ठगीका मुद्दा पनि प्रहरीसमक्ष आउन थालेका छन्। सरकारी जग्गासमेत बैना गरी ठगी गरेका विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्वीरसहित घटना विवरण सार्वजनिक गरेको थियो।

पीडित तामाङले अधिकारीले आफूलाई सेयर स्वामित्व हस्तान्तरण नगरी कम्पनी अर्कैलाई बेचेको थाहा पाएपछि आफू कानुनी उपचारका लागि प्रहरीसमक्ष पुगेको बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com