Yeti Khabar

२०८२ बैशाख २५, बिहीबार - Thu May, 2025 -

मुस्ताङ : फुल्न लागेको स्याउका बोटमा वर्षाले असर

मुस्ताङ – मुस्ताङमा फुल्न लागेका स्थानीय जातका स्याउको बोटमा पानी पर्दा असर पारेको छ । स्याउको फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षा, हावा र कुहिरोका कारण बोटमा फल लाग्न बाधा पुगेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले बताउनुभयो ।

स्थानीय जातका स्याउ बगैँचा बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको बोटमा भने खासै असर नपुगेको उहाँको भनाइ छ ।

उहाँका अनुसार कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाका अवलोकन गर्दा स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको छैन ।

स्याउ बगैँचामा तापक्रम घटीबढी हुँदा कुनै ठाउँमा ढिलो फूल फुल्ने र कहीँ फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयले बताउनुभएको छ । यस वर्ष स्याउ बगैँचामा फूल एकदमै कम फुलेकाले उत्पादन घट्न सक्ने थासाङ–एक टुकुचेका किसान सरोज तुलाचनले जानकारी दिनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com