Yeti Khabar

२०८१ आश्विन २४, बिहीबार - Thu Oct, 2024 -

डेंगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

कोशी प्रदेशमा डेंगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन्। यस अवधिमा डेंगी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका डेंगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेंगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का ८ वर्षीय आलोकजङ्ग बस्नेत छन्। झापामा साउन १ गतेयता संक्रमितको संख्या १२८ पुगिसकेको छ।

कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको सङ्ख्या ५३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेंगीका संक्रमित धेरै पाइएको छ।

ताप्लेजुङमा भने डेंगीको एकजना पनि संक्रमित पाइएको छैन । स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेंगीको सङ्क्रमण भएको छ।

यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेंगी सङ्क्रमण भएको पाइएको छ।

गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेंगीको सङ्क्रमण फैलिन थालेको थियो। वैशाखदेखि असारसम्म कोशीमा ३८६ जनामा डेंगी सङ्क्रमण भइसकेको थियो। झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेंगीको सङ्क्रमण भेटिएको छ।

त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेंगीको सङ्क्रमण भेटिएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com