Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भारतद्वारा नयाँ मौसम उपग्रह प्रक्षेपण, मौसम पूर्वानुमानका लागि उपयोगी हुने

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले नयाँ मौसम उपग्रह आइ.एन.एस.ए.टी–३ प्रक्षेपण गरेको छ । मौसम विज्ञान उपग्रह दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट हिजाे बेलुका उडेको इसरोले सामाजिक सञ्जालमा पोष्ट गरेर जानकारी गराएको छ ।

इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन र मौसम पूर्वानुमान र प्रकोप चेतावनीका लागि डिजाइन गरिएको हो । यसले भूमि र समुद्र सतहहरूको निगरानी गर्नेछ ।

दुई हजार २ सय ७४ किलो तौल भएको नयाँ उपग्रहले भारतको मौसम विज्ञान विभागलगायत पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरूलाई सहयोग पुर्याउने छ । यसले पठाउने सूचनाहरु मौसम र विपद् पूर्वानुमानका लागि निकै उपयोगी हुने इसरोले दाबी गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com