Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ। अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बिहीबारदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको जानकारी दिइन्।

उनले भनिन्, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेका छैनन्। हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ।’ आर्थिक अभावका कारण उपचारमा गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको उनले जानकारी दिइन्।

आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सुरु गरेको जानकारी दिँदै उनले अस्पतालले आजदेखि असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताइन्। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com