Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

ताल फुट्दा बुढीगण्डकीमा पानीको बहाव उच्च, तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृहको आग्रह  

हिमपहिरोले गोखराको चुमनुब्री गाउँपालिका– १ स्थित वीरेन्द्रताल फुट्दा बुढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ। आज बिहान तालमा ठूलो हिमपहिरो झरेको स्थानीयले बताएका छन्। 

ताल फुटेपछि बुढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। ‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपिल गर्दछौँ’, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने।  

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com