Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सुडानमा बाढीका कारण झण्डै १६ लाख बालबालिका भोकमरीको जोखिममा

संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकाय  विश्व खाद्य कार्यक्रमले विज्ञप्ति निकालेर सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरेको बताएको हो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या भोग्नुपरेको छ ।

गएको वर्ष बाढीले जमिनको ठूलो भाग डुबाएको रुबकोना काउन्टीका सबैजसो मानिस विस्थापित भएका छन् । विश्व खाद्य कार्यक्रमले दक्षिण सुडानमा आएको बाढी र त्यसपछिको अवस्था जलवायु परिवर्तनका कारण प्रत्यक्ष भोगिएको ठूलो समस्या रहेको बताएको छ ।

दक्षिण सुडानका झण्डै ७६ प्रतिशत मानिसलाई मानवीय सहायता चाहिने संयुक्त राष्ट्र सङ्घको भनाइ छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com