Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

मन्दिरको हातामा भेटियो मूर्ति

 

ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट माघ ९ गते मूर्ति चोरी भयो । मन्दिरको ४ वटा ताला फुटाएर ढलोटको मूर्ति चोरी भएको थियो । मन्दिरमा सीसीटीभी नभएकाले सुरुवाती अनुसन्धानबाट प्रहरीले कुनै प्रमाण फेला पार्न सकेन ।

 

महानगरीय प्रहरी कार्यलयको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीको नेतृत्वमा मूर्ति चोरीबारे अनुसन्धान गर्न समिति बन्यो । महानगरीय प्रहरी परिसर ललितपुरले डीएसपी दीपक भारतीको नेतृत्वमा समिती बनाएर अनुसन्धान गरिरहेको थियो ।
अपराध महाशाखा र ललितपुर प्रहरीले आक्रामक अनुसन्धान अघि बढाइरहेको बेला शुक्रबार बिहान ६ बजे प्रहरीलाई एउटा खबर आयो–‘खुमलटारस्थित करुणा मन्दिरको हातामा बोरामा मूर्ति भेटिएको छ । सो खबर तत्काल ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल कहाँ पुग्यो । उनले तत्काल अनुसन्धान अधिकृतहरूलाई घटनास्थलमा पठाए । बोरामा प्याक गरेर फालिएको सो मूर्ति माघ ९ गते बालकुमारी मन्दिरबाट चोरिएको मूर्ती भएको जानकारी गराउनु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com