Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

कुवेतमा सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु

चैत्र, १ काठमाडौं । कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन नेपालीको घटनास्थलै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले बताए ।

उनका अनुसार,, नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने सुजन कार्की, पञ्चदेवल विनायक नगरपालिका-५ अछामका सुरजबहादुर कडायत र वेंगाडावर-३ मिथिला नगरपालिका धनुषाका धिरज गुर्माछान मगरको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरूको पासपोर्टमा भएको ठेगानाका आधारमा परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको गौतमले बताए ।
उनले कुवेतको सबै प्रक्रिया पुरा गरेर र परिवारसँग सम्पर्क गरेर शवहरूलाई नेपाल पठाइने बताए। कुवेतको पापाजोन कम्पनीमा कार्यरत उनीहरू साथीलाई भेट्न गएका थिए। फर्किने क्रममा बाटो काट्दा कारले ठक्कर दिएपछि उनीहरुको मृत्यु भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com