Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

चितुवाको आक्रमणबाट एक वृद्ध घाइते

साउन,१४ काठमाडौं । बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन्। घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन्।

चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो।

खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com