Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

अमेरिकामा रेलमा ग्याङ फाइट हुँदा किशोरले चलाए गोली, एक जनाको मृत्यु

messenger sharing button

अमेरिकाको न्यूयोर्कमा सबवे रेलमा किशोरहरूको दुई समूहबीच ग्याङ फाइटको क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ।

सोमबार न्यूयोर्कको ब्रन्क्समा सबवे रेलभित्रै किशोरहरूको दुई समूहबीच झडप भएपछि एक किशोरले गोली चलाउँदा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ।

समाचार संस्था रोयटर्सका अनुसार पहिलो गोली रेलभित्रै चलेको थियो। उक्त गोली रेलको डिब्बामा लागेको थियो। प्रहरीका अनुसार माउन्ड एडेन एभेन्यू स्टेशनमा रेल रोकिएपछि बाहिर निस्किएर ती किशोरले अन्धाधुन्ध गोली चलाएका थिए।

मृतक ३४ वर्षीय एक पुरूषलाई स्टेशनमा गोली लागेको थियो। स्टेशनमा रहेका अन्य पाँच जना व्यक्तिलाई गोली लागेपछि तत्काल अस्पताल लगिएको थियो। अहिले उनीहरू खतरामुक्त रहेको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ।

गोली चलाउने किशोर भने फरार छन्। उनको खोजी भइरहेको न्यूयोर्क सिटी प्रहरीले जनाएको छ। उनलाई मोस्ट वान्टेड सूचीमा राखेर प्रहरीले खोजी गरिरहेको रोयटर्सले जनाएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com