Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

६ महिनादेखि ५ वर्षका बालबालिकालाई फाइजर र मोडर्ना खोप प्रयोगमा अमेरिकाको अनुमति

अमेरिकी खाद्य तथा औषधि प्रशासनले सबैभन्दा कम उमेरका बालबालिकामा फाइजर र मोडर्नाद्वारा विकसित कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि शुक्रबार अनुमति प्रदान गरेको छ । अधिकांश मुलुकमा रोग प्रतिरोध क्षमताको पर्खाइमा रहेको यो अन्तिम उमेर समूह हो ।

एजेन्सीले छ महिनादेखि पाँच वर्षका बालबालिकाका लागि मोडर्नाको दुई मात्रा खोप र छ महिनादेखि चार वर्षबीचका केटाकेटीका लागि फाइजरको तीन मात्रा लिनसक्ने अनुमति दिएको हो ।

अमेरिकी खाद्य तथा औषधी प्रशासन प्रमुख रबर्ट क्यालिफले भने, “थुप्रै आमाबाबु, हेरचाह गर्ने र चिकित्सकहरूले साना बालबालिकाको लागि खोप सेवा पर्खिरहेका छन् र यस कार्यले छ महिना नपुगेका शिशुको सुरक्षासमेतमा मद्दत गर्नेछ । हामी आशा गर्छौं कि साना केटाकेटीका लागि खोपले अस्पतालमा भर्ना हुनपर्नेु र मृत्यको मुखमा पुग्नुपर्ने अवस्थाबाट सुरक्षा प्रदान गर्नेछ ।

यद्यपि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले खोपहरू प्रयोग गर्नुभन्दा पहिले अनुमति दिनुपर्छ । यो अन्तिम ग्रीनलाइट हो जुन विशेषज्ञहरूको सल्लाहकार समितिको बैठकपछि दिइनेछ । यो बैठक छिट्टै आयोजना हुने आशा गरिएको छ ।

तर अमेरिकी सरकारले एफडीएको निर्णय हुनेबित्तिकै तत्काल देशभर १० लाख मात्रा पठाउन सकिने बताएको छ । त्यसपछिका हप्ताहरुमा करोडौँ बढी खोपका मात्रा पठाउन सकिने बताइएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com