Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

विराटनगरमा आगलागीबाट तिन जनाको मृत्यु

मंसिर,२१ काठमाडौं । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा हिजो दिउँसो आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरीले बताएको छ ।

‘उपचारका लागि काठमाडौं पठाइएका चारमध्ये सुनिता कामतको हिजो राति ८ः२५ मा उपचारकै क्रममा निधन भएको छ’, मोरङ प्रहरी प्रवक्ता रन्जन दाहालले भने ‘घटनास्थलमै जलेर ज्यान गुमाउने सुशीला पासवान भएको पनि खुलेको छ।’

आगलागीमा परेर गम्भीर घाइते दीपक मण्डलको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको थियो। थप घाइते ३ जनाको बर्न अस्पतालमा उपचार भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com