Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

काठमाण्डौको रातोपुलबाट स्पा सञ्चालक पक्राउ

मंसिर,१२ काठमाण्डौ । रोजगारीको नाममा काठमाण्डौमै बालिका तथा युवतीहरु बेचबिखन भएको घटना बाहिर आएको छ । काठमाण्डौ महानगरपालिका–९ रातोपुलमा रहेको ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बताएको छ ।

ब्युरोबाट खटिएको टोलीले बालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुकासाथै स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी ब्युरोले सार्वजनिक गरेको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो ।

अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारेर स्पा सेन्टरमा काम गर्न बोलाउने गरेको खुल्न आएको छ । पौडेलले रातो पुल र एअरपोर्ट नजिकै दुई वटा स्पा सेन्टर खोलेको पाइएको तथा त्यहाँ काम गर्ने युवतीलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको पनि अनुसन्धानमा फेला परेको ब्युरोले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com