Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु

इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो ।

लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्री नाज्ला अल माङ्गुशलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गर्नुभएको हो । प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरायलका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि प्रदर्शन भएका छन् ।

इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताउनुभएको छ ।

लिबियाको संसद्का सभामुखको कार्यालयले अल माङ्गुशलाई ‘राज्यद्रोह’ को आरोप लगाएको छ भने प्रधानमन्त्री अब्दुल हमिद डिबेबाले थप अनुसन्धान गर्न सिफारिस गर्नुभएको बीबीसीले जनाएको छ । लिबिया लामो समयदेखि अशान्त छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com