Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पाकिस्तानको लाहोरमा मुसलधारे वर्षाका कारण १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् । 

ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र  करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानकाे उद्धार विभागले जनाएको छ ।

 पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहाेरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । अस्ति र हिजोको वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ । भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले सडक र अन्डरपास डुबान हुँदा यातायात सेवासमेत प्रभावित भएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com