Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव

अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव भएको छ । काबुल नगरपालिकाले सहरमा रहेका चिहानमा मृतकलाई गाड्ने ठाउँ नरहेको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

नगरपालिकाले अब काबुलका नागरिकलाई मृतकलाई सहरबाहिर अर्को ठाउँमा लैजानुपर्ने बताएको छ । काबुल सहरमा तीन सयभन्दा बढी चिहान स्थल छन् । तर कैयौँ वर्षदेखि चल्दै आएका युद्धको कारण शव गाड्ने ठाउँ अभाव भएको खबरमा उल्लेख छ ।

सहरमा बढ्दो जनसङ्ख्या र अवैध बस्तीको निर्माणका कारण खाली ठाउँको अभाव भएकाले नयाँ चिहान निर्माण हुन सकेको छैन । काबुल नगरपालिकाले मानिसहरूलाई प्रयोग गर्न भनेको नयाँ चिहान सहरबाट धेरै टाढा भएकाले समस्या भएको स्थानीयको गुनासो छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com