Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

प्रतिनिधिसभाको समानुपातिकमा बाबुरामलाई माओवादीले दियो ५ सिट

माओवादीकै चुनाव चिह्नमा निर्वाचन लड्न लागेका डा.बाबुराम भट्टराईको पार्टीबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधि सभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको बताए ।

‘हामी गठबन्धनमा पनि छौ । बाबुरामजीको पार्टी पनि माओवादीकै चुनाव चिन्हमा लड्दैछ । उहाँको पाटीका ५ सहित ११० दश जनाको सूची बुझाएका छौ’, पुनको भनाइ छ ।

उनले यसअघि समानुपातिक सांसद भएका र राष्ट्रियसभा सदस्य रहेकालाई यसपटक सूचीमा नराखेको जानकारी दिए । ‘ यसअघि समानुपातिकबाट सांसद भएका, राष्ट्रियसभा सदस्य भएका र स्थानीय तहमा उम्मेदवार भएकालाई पनि बन्द सूचीमा राखेका छैनौ’, पुनले भने, ‘अधिकतम समावेशी बनाएर सूची बनाएका छौ । युवाहरु धेरै संख्यामा हुनेगरी पेश गरेका छौ ।’रातोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com