Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

खाना पकाउने ग्यास लिक हुँदा जलेर एक जनाको मृत्यु

जेठ, ११ काठमाडौं । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका बृद्धको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको छ ।

हिजो बिहान चिया पकाउने क्रममा ग्यास विस्फोट हुँदा जलेर घाइते भएका उनलाई सुरुमा गोकुलेश्वर अस्पताल लगिएको थियो । गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने भनिए पनि नेपालगञ्ज लगिएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com