Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आज देखि सोह्रश्राद्ध सुरु

२६ भदौ, काठमाडौं । हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिधादान तथा पिण्डदान गर्ने परम्परा छ ।
सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यसलाई सोह्रश्राद्ध भन्ने गरिन्छ ।

आशौचका कारण आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म र त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औंसी अर्थात् गाई तिहारे औंसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादशैं र तिहार जस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता रहिआएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com