Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

झाडापखालाबाट एकजनाको मृत्यु १७ जना बिरामी

भदौ, ३ काठमाडौं । भारतसँगको सीमाक्षेत्रमा पर्ने जिल्लाको राजपुरमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ । अन्य १७ जना बिरामी भएका छन् ।

झाडापखालाबाट राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

झाडापखालाको प्रकोप फैलिएको खबरपछि गाउँ पालिकाले आजै आफ्नो स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए।

छ । प्रहरी समेत परिचालन भएको छ । स्थिति भयाबह हुन नदिन जिल्लामा डाक्टरसहितको टोली तयारी अवस्थामा राखेको अधिकारीले बताए । ‘जतिबेला आवश्यकता हुन्छ, हामीले तुरुन्तै परिचालन गछौैं’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।
झाडापखाला राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरीकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षिय लालमति परियार, उनकी ३ वर्षीया छोरी सपना गम्भीर बिरामी भएका छन् ।

त्यस्तै, ५३ वर्षीया शेषमती बुढाथोकी, २३ वर्षीया विमला राना, एक वर्षीय हिमाल राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरी झाडापखालाबाट गम्भीर बिरामी परेका छन् ।

राजपुर गाउँपालिका–७ भैसाहीनाका ३५ वर्षीय गंगाराम परियार, ३८ वर्षीय केशरबहादुर घर्ती, १२ वर्षीय शेरबहादुर घर्ती, ६८ वर्षिय अम्बा पुन, २७ वर्षीया शोभा गिरी, ३७ वर्षिय सुनमालि कुँवर, ३३ वर्षिय पार्वती कुँवर, २८ वर्षीया प्यारी राना र एक महिने बालिका तुलसी घर्ती छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com