Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

जेठ, १२ काठमाडौं । लामोसाँघु-जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नं को एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी-७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com