Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

भारु दुई सय करोडमा बिक्यो शाहरूखको ‘पठान’ को डिजिटल अधिकार

बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘पठान’ को डिजिटल अधिकार महंगो रकममा बिक्री भएको छ। भारतीय सञ्चार माध्यम अमर उजालाका अनुसार फिल्म दुई सय करोड भारतीय रुपैयाँमा बिक्री भएको छ।
आदित्य चोपडाले निर्माण गरेको फिल्मको डिजिटल अधिकार अमेजन प्राइमले खरिद गरेको हो। केही समय अगाडि ‘पठान’को सेटबाट शाहरूख खानको लुक्स सार्वजनिक भएको थियो। जसलाई दर्शकले निकै रुचाएका छन्।

यस फिल्ममा ‘ओम शान्ति ओम’ पछि शाहरूख र दीपिका पादुकोणले एकसाथ काम गर्दैछन्।
सिद्धार्थ अन्नदले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै डिम्पल कपाडिया, आशुतोष राणा, जोन अब्राहम र सलमान खान पनि देखिनेछन्।
हिन्दी, तमिल र तेलुगु भाषामा फिल्म सन् २०२३ जनावरी २५ बाट प्रदर्शन हुँदैछ।
शाहरूख खान ‘पठान’ पछि एटली कुमारको फिल्म ‘लायन’ र राजकुमार हिरानीको फिल्म ‘डंकी’ मा देखिनेछन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com