Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

शहीदका सपना पुरा गर्ने प्रतिबद्धता : प्रचण्ड

काठमाडौं ३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी विभाजन भएरै बिग्रिएको बताउँदै माओवादी एक हुने भयो भने अरू कसैले जित्न नसक्ने बताएका छन। नवलपुरमा शहीद परिवारसँग कुराकानी गर्दै प्रचण्डले माओवादीहरू मिल्नुपर्ने मत देशभरबाट आउन थालेको जिकिर गरेका हुन् ।

, वैशाख १ गते मात्र सुदूरपश्चिमका सबैजसो फेरि पार्टीमा एकताबद्ध भएका छन् । विप्लव, बाबुरामजीको पार्टीबाट सयौँ जोडिनुभएको छ । हिजो प्रचण्डलाई गाली गरेर हिँड्नेहरू गल्ती गरिएछ भन्दै पश्चात्ताप गरेर फर्किनुभएको छ ।

जब माओवादी एक ठाउँमा केन्द्रित हुन्छ । अनि मात्र शहीद परिवारलाई सम्मान र राहत दिन सक्छौँ । अध्यक्ष प्रचण्डले आफूले लडाइँ छाडेर नभागेको बताउँदै शहीदका सपना पुरा गर्ने प्रतिबद्धता जनाए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com