Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक डीआईजी लाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा

काठमाण्डौ १ चैत्र । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो ।

फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक ९एआईजी० दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै एआईजीको सङ्ख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com