Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

विश्वकपमा पुग्न आज नेदरल्यान्ड्स र स्कटल्यान्ड खेल्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप छनोट सुपर सिक्समा आज नेदरल्यान्ड्स र स्कटल्यान्ड खेल्दैछन् । खेल जिम्बावेको बुलवायोमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। 

नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको यो खेलबाट विश्वकपमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । आजको खेल जितेमा स्कटल्यान्ड विश्वकपमा पुग्नेछ भने नेदरल्यान्ड्सलाई फराकिलो जित आवश्यक छ ।

आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा ८ वर्षपछि एक एसोसिएट टोलीको सहभागिता पक्का भएको छ । छनोटमा चारमध्ये तीन टेस्ट टोली बाहिरिएपछि एसोसिएट टोली नेदरल्यान्ड्स र स्कटल्यान्डमध्ये एउटा पुग्ने पक्का भएको हो ।

श्रीलंका यसअघि नै विश्वकपमा पुगिसकेको छ । दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज, घरेलु टोली जिम्बावे र आयरल्यान्ड विश्वकपमा पुग्न असफल भएका छन् । विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहेर बाहिरिएको छ । नवौँ स्थानका लागि आज यूएई र अमेरिका खेल्दैछन् । उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com