Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण पुष्टि

भदौ,२६ काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ । पुनलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो आउने र शरीर दुःख्ने लक्षण देखिएपछि सुरुमा एन्टिजेन र पछि पीसीआर परीक्षण गरिएको थियो ।

दुवै परीक्षणका क्रममा पुनमा संक्रमण पुष्टि देखिएको हो । पुन खुमलटारस्थित निवासमै आराम गरिरहेका छन् ।
संक्रमित भएपछि उनी सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा समेत गएनन् । पुन चिकित्सकको सुझावअनुसार कम्तीमा पाँच दिन होम आइसोलेसनमै बस्नेछन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com