Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

सुर्खेतको विरेन्द्रनगरमा कर्फ्यु हट्यो

सोमबार साँझ ८ः१५ बजेदेखि आज मंगलवार साँझ ७ बजेसम्म जारी कर्फ्यु हटेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जारी कर्फ्यु साँझ ७ बजेबाट हटाइएको हो । यस्तै, वीरेन्द्रनगरका मुख्य तीन स्थानलाई भने कर्फ्यु हटेपनि निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ ।

सोमबार बन्दकर्ताले सबै भन्दा बढी उग्ररुप देखाएका मगलगढी र यरीचोक सँगै विभिन्न राजनीति दलका पार्टी कार्यालय रहेको हटियालाइनमा निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ । प्रजिअ खगेन्द्रप्रसाद रिजालले दिनभरीको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएको देखिँदा सोमबार राती सवा ८ बजेबाट जारी कर्फ्यु ७ बजेबाट हटाइएको जानकारी दिए ।

प्रशासनले निषेधाज्ञा तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी आज साँझ ७ बजेबाट अर्को आदेश नहुञ्जेलसम्मका लागि जारी रहने जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com