Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सुरुमा १५–२० दिनकाे प्रधानमन्त्री हुँ कि जस्ताे लागेकाे थियाे, अब त कुर्सी हल्लिने डर छैन : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको कुर्सी हल्लिने डर नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीको कुर्सी हल्लिने डर नभएको बताएका हुन् ।

उनले आफूले नडराईकन विभिन्न भ्रष्टाचारका घटनाहरूको छानबिन गराएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा नै १५/२० दिनका लागि मात्रै प्रधानमन्त्री भएको हो कि भन्ने सोचेको भन्दै सुरुदेखि नै सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सेवामा सुधार ल्याउने बारे मात्रै सोचेको बताए । उनले सुशासन आफ्नो नारा नभई संकल्प भएको बताए । 

‘माननीयज्यूले भनेजस्तो कुर्सी हल्लिने डर मलाई छैन । मलाई अहिलको प्रतिपक्षमा रहेका प्रमुख प्रतिपक्ष लगायतले प्रधानमन्त्री बनाउनुभयो । मैले १५ दिन हो कि २० दिन हो भन्ने सोचेको थिएँ । विश्वभरिको अध्ययन पनि गरेको थिएँ कतिवटा प्रधानमन्त्री १५/२० दिनमा हटेका रहेछन् भनेर । भारतमा १३ दिनमा अटल बिहारी बाजेपी हटेको देखेपछि आनन्द मानेको थिएँ मैले । त्यसकारण यो सरकार जाला कि भन्ने डर मलाई विल्कुल छैन ।’शिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com