एमसीसीले राजनितिक संकट आउने माधव नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी नियोग मिलेनिय च्यालेञ्ज कर्पोरेशन एमसीसी सँगको सम्झौतालाई लिएर मुलुकमा राजनीतिक संकट आउने जोखिम बढेको बताएका छन्। कैलालीको धनगढीमा पार्टीनिकट युवा संघ नेपालको सुदूरपश्चिम प्रदेशको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘एमसीसीको विषयमा वार्ताका माध्यमबाट नै समाधान होस् भन्ने हाम्रो पार्टीको प्रष्ट धारणा हो अध्यक्ष नेपालले भने, ‘एमसीसीमा भएका त्रुटिहरु सुधार्नका लागि समय पाइयोस् भन्ने हो।