Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एमाले केपी ओली र राप्रपा नेपालका कमल थापाबीच चुनावी तालमेलम

काठमाडौं २० चैत । एमाले र राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनाइएको छ ।
महामन्त्री श्रेष्ठले चुनावी तालमेलमा एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सहमति भइसकेको बताए । आफ्नो पार्टी नयाँ भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्था नरहेको उनको भनाइ छ । तर, विगत राप्रपामा हुँदा को निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्रपा नेपालको प्रभाव रहेको दाबी गर्दै उनले यस्ता स्थानीय तह तथा वडाहरूमा चुनावमा भाग लिने तथा तालमेल गर्नेगरी छलफल भइरहेको बताए ।

गत निर्वाचनमा पार्टीले ५९ वटा वडाहरू जितेको उल्लेख छ । एमालेले राप्रपा र राप्रपा नेपालसँग तालमेलबारे सहमति गरेको खण्डमा दुई राप्रपालाई पनि मिलाउन पनि सकस गर्ने कतिपयको भनाइ छ । दुई पार्टीबीच सम्बन्ध राम्रो नरहेको र मत पनि विभाजित रहेकाले यस्तो अवस्था देखिएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com