Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

गठबन्धनले महानगर र उपमहानगर भागबन्डाको टुंगो भोलि लगाउने

काठमाडौं ४ वैशाख सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलिसम्म गर्ने भएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे टुंगो भोली सम्म लाग्ने सहमति भएको हो।
‘भोलिसम्म महानगर र उपमहानगरको उम्मेदवार टुंगो लाग्छ,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भन्यो, ‘निर्वाचन तयारी र गठबन्धनका अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय भएको छ।’

सत्तागठबन्धनले वैशाख ३० मा हुने स्थानीय चुनावमा ६ महानगर र ११ उपमहानगर भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन्। तर कहाँ कसले उम्मेदवारी दिने निर्णयमा भने सत्तागठबन्धन पुगेको छैन।

महानगर र उपमहानगरका लागि दाबी गर्दै गठबन्धनमा विभिन्न दलबाट आकांक्षीका नामहरू सिफारिस भएर आउन थालेका छन्।
सत्तागठबन्धनको केन्द्रले महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने सहमति बनेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com