Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

स्थानीय तहको निर्वाचनमा राप्रपाको चमत्कारी जित

जेठ,६ काठमाडौं । २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाको सुधारिएको नतिजा आएको छ । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा राप्रपा ४ पालिकासहित ६४ वडाको नेतृत्वमा विजयी भएको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार राप्रपाले अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडा अध्यक्ष र ३६७ जना वडा सदस्यमा जित हासिल गरेको छ ।

राप्रपाबाट दमक नगरको मेयरमा राम थापा, शंखरापुर नगरको मेयरमा रमेश नापित, कपिलवस्तुको शिवराज नगरको मेयरमा अजय थापा र हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन विजयी भएका छन् ।

यस्तै लक्ष्मी मैनाली, राधा कार्की, सम्झना चौधरी र शिवकान्ती हरिजन उपप्रमुख–उपाध्यक्षमा विजयी भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com