Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

आफ्नै कार्यकर्ताले गरे कांग्रेसका केन्द्रीय सदस्यमाथि हातपात

जेठ, ३ काठमाडौं । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । आजर बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् ।

व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए ।

आफ्ना पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यर्कताले उनीमाथि हातपात गरेका थिए ।
अन्सारीले आज आफ्नै घरमा निर्वाचन समीक्षा छलफल राखेका थिए । छलफलका क्रममा उनीमाथि हातपात भएको हो । हातपात भएको विषयमा आलमले इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका छन् । प्रहरीले दुवै पक्षसँग छलफल गरेको छ ।

अन्सारीले आफूमाथि गुण्डाको समूहले आक्रमणको प्रयास गरेको बताए । आफूलाइ २–४ जना सहकर्मीले बचाएको उनले बताए । पार्टी हारेका विषयमा आफू दुःखी रहेको बताउँदै उनले भने,‘ मार्ने नै प्रयास भयो ।’

नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार असलम आलमले भने अन्सारी माथि हातपात नभएको बताए । उनका अनुसार आज अन्सारीको घरमा चुनावी समीक्षाका बैठक बसेको थियो । बैठकमा कांग्रेस नेताले नै अन्य उम्मेदवारलाई सहयोग गरेको विषय निस्किएपछि सामान्य विवाद भएको उनले बताए । ‘छलफलका क्रममा सामान्य विवाद भएको हो,’ आलमले भने,‘ हातपात भएको छैन ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com