बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

वैशाख, २५ काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकअघि बालुवाटारमै प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत दुई पार्टीकाबाट सहभागी अन्य केही मन्त्रीको छलफल भएको थियो ।
छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा। आरजु देउवा राणा र संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी थिए ।