Yeti Khabar

२०८२ असार १६, सोमबार - Mon Jun, 2025 -

इरानबाट एकै हप्तामा ८८ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइए

 

FacebookTwitterViberEmailPrintFriendlyShare

पछिल्लो एक हप्तामा इरानबाट ८८ हजारभन्दा बढी अफगानी आप्रवासी स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार उनीहरू सबै कागजातविहीन थिए ।

आइओएमको जुन २८ मा सार्वजनिक विवरणअनुसार जुन १८ देखि २६ सम्म ८८ हजार तीन सय आठ जना अफगानी नागरिकलाई इरानले देश निकाला गरेको हो । तीमध्ये धेरैजसोलाई जबर्जस्ती अफगानिस्तान पठाइएको छ ।

फिर्ता भएकामध्ये ५५ प्रतिशतलाई बलपूर्वक निकालिएको र ६४ प्रतिशत परिवारसहित यात्रा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, तीमध्ये मात्र ११ प्रतिशतले अन्तर्राष्ट्रिय सहयोग पाएका छन् । स्रोतको अभावले धेरैलाई आधारभूत सेवा पनि पुर्‍याउन नसकिएको आइओएमले जनाएको छ ।

यसअघि, जुन १० देखि १७ सम्म ३२ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइएका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइओएमले भीडभाड भएका सीमा क्षेत्रमा फर्कनेहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर जोखिम रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोग गर्न अपिल गरेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com