Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

माल्दिभ्सको राष्ट्रपतिमा चीन निकट मानिने मोहम्मद मुइज्जु विजयी

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु विजयी हुनुभएको छ । दोस्रो चरणमा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई लाख ८२ हजार मतदाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो ।

पहिलो चरणमा जम्मा ४६ प्रतिशत मात्रै मत खसेपछि राष्ट्रपति पदका लागि चाहिने मत कुनै पनि उम्मेदवारले हासिल गर्न नसकेपछि दोश्रो चरणको मतदान भएको हो ।

राष्ट्रपति पदमा निर्वाचित भएपछि देशवासीको नाममा सम्बोधन गर्दै नवनियुक्त राष्ट्रपति मुइज्जुले नागरिकले दिएको मतको सम्मान गर्दै देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रपतिमा मुइज्जुको जितलाई माल्दिभ्स मात्रै नभएर छिमेकी देश र विश्वमा निकै चासोका साथ हेरिएको छ । मुइज्जु चीन निकट मानिनुहुन्छ । यो चुनावी मतपरिणामले माल्दिभ्सको विदेश नीतिमा उल्लेख्य प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

माल्दिभ्समा राजनीतिक दलले खुलेर भारत वा चीनमध्ये एकको पक्ष लिने गरेका छन् । सन् २०१८ मा चुनाव जितेपछि सोलिहले भारतसँग नजिकिने नीति लिनुभएको थियो । त्यसअघि पीपीएम नेतृत्वको गठबन्धनले चीनतर्फ झुकाव राखेको थियो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com