Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएका छन्।
उनले वर्तमान गठबन्धन राष्ट्रिय आवश्यकता बनेको बताउँदै सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायीरूपमा जोगाउन पनि गठबन्धन आवश्यक रहेको बताएका हुन्।

नेपाली कांग्रेस सहितको पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले गठबन्धनको भविष्यबारे कसैले पनि शंका नगर्न आग्रह गरे।

प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए।

उनले नेपाली कांग्रेसको महाधिवेशनले नै वर्तमान अवस्थामा गठबन्धन आवश्यक रहेको र यसलाई बलियो बनाएर चुनावमा जाने निर्णय गरेको धारणा पनि राखे।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विपक्षी राजनीतिक दलहरूले सरकारका कामको विरोध जनाउन बित्तिकै संसद भंग गर्ने गरेकाले उक्त कदमलाई रोक्नकै लागि गठबन्धन बनाएको स्पष्ट पारे।

‘लहडका भरमा संसद भंग गर्न संविधानले दिँदैन, अदालतले न्याय गरेर संसद पुनःस्थापना गरिदियो तर, संसद चल्न दिएको छैन,’ उनले भने।
उनले अहिले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्थाः नरहेको उल्लेख गर्दै संसदमा कसैको पनि बहुमत नरहेकाले पनि गठबन्धन आवश्यक रहेको बताए।

यस्तै प्रधानमन्त्री देउवाले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

हालै संसदबाट पारित भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० बिनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट गर्दै यसले नेपाललाई अमेरिकाले दिने सहयोग थप बढ्दै जाने बताए। यस्ता अनुदान सहयोगका परियोजनाका काम राम्रोसँग पारदर्शी ढंगले भएमा अमेरिकालगायत धेरै मुलुकबाट समेत अनुदान सहयोग आउने उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले एमसिसीले सबैभन्दा फाइदा यसै क्षेत्रका जनतालाई हुने बताउँदै यो परियोजनाले बुटवलदेखि भालुवाङ हुँदै लमहीको दाङ देउखुरीसम्म अत्यन्तै बलियो, महत्वपूर्ण चौडा सडक छिट्टै नै बिस्तार हुने बताए।

उनले देशैभरिका भूमिहीन, अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि सरकारले भूमि आयोग गठन गरेर आयोगले सक्रियतापूर्वक काम गरिरहेको र छिट्टै सुकुम्बासी समस्या समाधान हुने जानकारी दिए। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com