Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

६८ हजार डलर नाघेको एउटा बिटक्वाइनको मूल्य झर्‍यो १८ हजारमा

क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा पछिल्ला दिनहरूमा भारी गिरावट आइरहेको छ।
शनिबार बिटक्वाइनको मूल्यमा सन् २०२० यताकै सबैभन्दा धेरै गिरावट आएको समाचार संस्था एपीले जनाएको छ। शनिबार केही समयको लागि एउटा बिटक्वाइनको मूल्य १८ हजार डलरभन्दा तल झरेको थियो।

संसारभरि रहेका विभिन्न क्रिप्टोकरेन्सीमध्ये बिटक्वाइन मूल्य सबैभन्दा धेरै छ। शनिबार दिउँसो एउटा बिटक्वाइनको मूल्य १७ हजार ५९३ डलरसम्म पुगेको थियो। केही समयपछि थोरै वृद्धि भएर १८ हजार ५५६ डलरसम्म पुग्यो।

बिटक्वाइनको मूल्य यो तहमा यसअघि सन् २०२० को नोभेम्बरमा पुगेको थियो। त्यसपछि लगातार बढेर यसको मूल्य गत नोभेम्बरमा ६८ हजार डलरसम्म पुगेको कोइनडेस्कले जनाएको छ।

बिटक्वाइनको कारोबारमा संलग्न मानिसहरूले यसको मूल्य २० हजार डलरमुनि नझर्ने आंकलन गरेका थिए।
यसरी २० हजार डलरभन्दा कम मूल्यमा पुग्दा मानिसहरूमा क्रिप्टोकरेन्सीमाथिको विश्वास हट्दै गएको बजार विश्लेषकहरूले बताएका छन्।

नेपालमा क्रिप्टोकरेन्सी अवैध छ। नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा कारोबार नगर्न निर्देशन दिएको छ। यसअघि प्रहरीले क्रिप्टोकरेन्सीको कारोबार गर्नेहरूमाथि मुद्दा समेत चलाएको छ।
एल साल्भोडार र सेन्ट्रल अफ्रिकन रिपब्लिकले बिटक्वाइनलाई कानुनी मुद्राको मान्यता दिएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com