Yeti Khabar

२०८२ असार ८, आईतवार - Sun Jun, 2025 -

हुम्लाको चङ्खेलीमा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

  

FacebookTwitterViberEmailPrintFriendlyShare

हुम्ला – हुम्लाको चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा त्यहाँका स्थानीयबासी सञ्चारसेवाबाट वञ्चित भएका छन् । चङ्खेली गाउँपालिका–६ मा रहेकाे मेल्छामको मासिधारामा रहेको टावर बिग्रेका कारण गएको असार १ गतेदेखि सञ्चार सेवा अवरुद्ध भएको स्थानीय हिराबहादुर शाहीले बताउनुभयो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, मासिधारा, दार्मा, पुमालगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ ।

फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने स्थानीयबासी कुसुम बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिनादेखि टेलिफोनले काम गरिरहेको छैन, जिल्लाबाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।’रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com